श्रावण २५, २०८३ सोमबार August 10, 2026

१२ किलो गाँजासहित विमानस्थलबाट एक जना पक्राउ

नियाज नाम गरेका ३१ वर्षीय भारतीय नागरिक प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । थाइल्याण्डदेखि ल्याएको १२ किलो ७५० ग्राम गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नियाज नाम गरेका ३१ वर्षीय भारतीय नागरिक छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालय र भन्सारको संयुक्त टोलीले पक्राउ सोमबार राति पक्राउ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनको लगेजबाट उक्त लागूऔषध फेला परेको प्रहरीले बताएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्युरो पठाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया