कार्तिक २२, २०८३ आइतबार November 8, 2026

चिसो बढेपछि घोराहीका विद्यालयमा तीन दिन बिदा

अभिभावक, शिक्षक तथा विद्यार्थीलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तुलसीपुर(दाङ), १५ पुसः दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढ्दै गएपछि तीन दिन विद्यालय बन्द गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीले बुधबारदेखि पुस १८ सम्म विद्यालयमा बिदा दिइएको जानकारी दिनुभयो ।

उहाँले चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको बताउनुभयो ।

जिल्लामा सोमबारदेखि अत्यधिक चिसो बढेको छ । उपमहानगरपालिकाले अभिभावक, शिक्षक तथा विद्यार्थीलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया