मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एनपिएल ट्रफी भैरहवामा

लुम्बिनीका खेलकुद मन्त्रीले आफूले घोषणा गरेको ११ लाखको पुरस्कार रकम छिट्टै अर्को कार्यक्रम गरी विजेता टोलीलाई प्रदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भैरहवा (रूपन्देही), १५ पुस : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण उपाधि विजेता टोली लुम्बिनी लायन्सले आयोजना गरेको १५ दिने ‘ट्रफी सेलिब्रेसन टुर’ का क्रममा सो ट्रफी आज भैरहवा ल्याइएको छ ।

बाँकेको नेपालगञ्जबाट पुस ५ गतेदेखि सुरु भएको यो ‘टुर’ बर्दिया र दाङको तुलसीपुरबाट बर्दघाट हुँदै भैरहवामा ल्याइएको हो । भैरहवा अघि ट्रफिलाई बुद्ध जन्मस्थल लुम्बिनी पु¥याइएको थियो ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीका अनुसार यो ‘टुर(यात्रा)’ प्रदेशका हरेक नागरिकलाई खुसी बाँड्न आयोजना गरिएको हो । उहाँले पहिलो संस्करणमा सरोकारवालासँग सहकार्य गर्न नसकेको बताउँदै सबै क्रिकेट सङ्घ र अन्य सङ्घ संस्थाको माया सराहनीय रहेको बताउनुभयो ।

“सबैको विश्वास, समर्थन, माया र सुझावको कारण हामी च्याम्पियन हुन सक्यौँ,” उहाँले भन्नुभयो, “यो ट्रफी तपाईँको माझमा ल्याउने हामीले मौका पायौँ, यसको सम्पूर्ण श्रेय तपाईँहरूमा नै जान्छ ।”

कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले आफूले घोषणा गरेको ११ लाखको पुरस्कार रकम छिट्टै अर्को कार्यक्रम गरी विजेता टोलीलाई प्रदान गर्ने बताउनुभयो । “मलाई ट्रफी लुम्बिनीले नै ल्याउँछ भन्ने भान थियो, यसैले सुरुमा पाँच लाख घोषणा गरेको थियो, पछि खेलाडीको उत्साह बढाउन यसलाई बढाएर ११ लाख पुर्‍याएँ,” मन्त्री पाण्डेले भन्नुभयो, “छिट्टै यसै मैदानमा अर्को कार्यक्रम गरी उक्त रकम प्रदान गर्नेछु ।”

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँन, उपप्रमुख उमा अधिकारी, रूपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले लुम्बिनी लायन्सले सम्पूर्ण प्रदेशकै सम्मान बढाएको बताउनुभयो ।

‘ट्रफी टुर’ को क्रममा मस्कट र च्याम्पियनसिपको ब्यानर, भ्यानका अघि उभिएर फोटो खिचाउनेहरूको भीड लागेको थियो । यो ट्रफी भैरहवाबाट क्रिकेट टोलीको ‘होम ग्राउण्ड एक्स्ट्राटेक ओभल क्रिकेट ग्राउन्ड’मा विशेष उत्सवका लागि लगिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार