मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

राष्ट्रिय भलिबलः पुलिस सेमिफाइनलमा

पुलिसले एपिएफविरुद्ध ३–२ को रोमाञ्चक जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १५ पुसः विभागीय टोली नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गदै नवौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डलमा आज भएको खेलमा पुलिसले एपिएफविरुद्ध ३–२ को रोमाञ्चक जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । पुलिसले एपिएफमाथि २५–२१, २५–१५, २२–२५, २१–२५ र १५–९ को जित निकाल्यो ।

पुलिसको यो लगातार दोस्रो जित हो । यसअघि पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । यता एपिएफको भने यो पहिलो हार हो । पछिल्ला दुई खेलमा एपिएफले सुदूरपश्चिम र मधेस प्रदेश दुवैलाई ३–० को सोझो सेटमा हराएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार