कार्तिक २२, २०८३ आइतबार November 8, 2026

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा पठनपाठन नहुने

विद्यालय बन्द
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धरान (सुनसरी), १६ पुस : सुनसरीमा शितलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

शितलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् । स्थानीय तहले यही पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा बिदा दिएका छन् ।

इटहरी उपमहानगरपालिकाले मीन पचास बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ । उपमहानगरका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

यहाँका इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगरारामधुनी, दुहवीलगायत सुनसरीका सबै विद्यालयहरु सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय दिइएको जनाइएका छन् । स्थानीय तहहरूले बालबालिकालाई घरमै न्यानो अवस्थामा राख्न अभिभावकलाई आग्रह गरेका छन् । चिसो बढेपछि आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया