पुष २३, २०८२ बुधबार January 7, 2026

‘हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन’ : प्रधानमन्त्री कार्की

आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १७ पुसः प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गर्नुभएको छ ।

नेपाल मगर सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राख्नुभएको हो । सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको टोली प्रधानमन्त्री कार्कीलाई आउँदो माघेसङ्क्रान्तिमा आयोजना गरिने कार्यक्रममा सहभागिताको निम्तो दिन बालुवाटार आएको हो ।

उक्त टोलीसँग कुराकानी गर्दैै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “अब राजनीति होस् या सांस्कृतिक फाँट, युवालाई नै अघि सार्नुपर्छ । विविध मौलिक परम्परा र संस्कृति हाम्रा अमूल्य निधि हुन् । तिनको जगेर्ना गर्दै नयाँ पिँढीलाई हस्तान्तरण गर्दै जानुपर्छ ।”

उक्त टोलीमा सङ्घका पदाधिकारी, कलाकार तथा जेनजी अभियन्ता पनि सहभागी थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
२०८२ पुष २३, बुधबार
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार