कार्तिक २२, २०८३ आइतबार November 8, 2026

शुल्क समायोजनको माग गर्दै अखिल क्रान्तिकारीद्वारा त्रिवि उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

चार विभागको शुल्क नघटेको भन्दै त्रिविमा अखिल क्रान्तिकारीको अनिश्चितकालीन तालाबन्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिवि उपकुलति प्रा.डा.दीपक अर्यालको कार्यकक्षमा ताला लगाएको छ । चारवटा केन्द्रीय विभागको शुल्क समायोजनको माग राखेर क्रान्तिकारीले ताला लगाएको जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन विभागको शुल्क समायोजना हुनुपर्ने माग क्रान्तिकारीले राखेको छ ।

विगतको सहमति अनुसार शुल्क समायोजना नभएकाले ताला लगाइएको क्रान्तिकारी त्रिवि अध्यक्ष दिनेश ऐरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शुल्कको विषयलाई लिएर क्रान्तिकारीले गत साउनमा पनि आन्दोलन गरेको थियो । शुल्क घटाएर १ लाख १० हजार कायम गर्न क्रान्तिकारीले माग गरेको छ ।

‘सहमति कार्यान्वयन नगरुन्जेलसम्म अनिश्चितकालीन तालाबन्दी गरेको जानकारी गराउँदछौँ । यथाशीघ्र कार्यान्वयन नगरी फेरि पनि आन्दोलनको उपेक्षा गरिएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया