मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

सङ्घीय मेला भलिबल उपाधि थुम्बेदिनलाई, आम्बेगुदिनलाई ३–१ ले पराजित

उपाधि जितसँगै विजेताले एक लाख दुई हजार ६६ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ताप्लेजुङ, पुस १९ गते। ताप्लेजुङमा सम्पन्न सङ्घीय मेला भलिबल उपाधि थुम्बेदिनले जितेको छ। सङ्घीय मेलाको अवसरमा खेलाइएको अन्तर वडास्तरीय भलिबल प्रतियोगितामा आम्बेगुदिनलाई ३–१ को सेटमा हराउँदै थुम्बेदिनले उपाधि जितेको हो।

उपाधि जितसँगै विजेताले एक लाख दुई हजार ६६ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै उपविजेताले ५० हजार २८२ रुपियाँ नगदका साथै ट्रफी, पदक र प्रमाणपत्र पाएको छ। विजेतालाई सिरिजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान लगायतले पुरस्कार र ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो।

सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित सङ्घीय मेला खेलकुद/सांस्कृतिक क्लबले आयोजना गरेको प्रतियोगिता पुस १६ गते सुरु भई शनिबार सम्मपन्न भएको हो। क्बलका अध्यक्ष रक्की थेबेका अनुसार प्रतियोगितामा विभिन्न १४ टोलीले सहभागिता जनाएका थिए।

यता विगत १७ वर्षदेखि निरन्तर लाग्दै आएको ऐतिहासिक सङ्घीय मेलामा शुक्रबार साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिमा बृहत सांस्कृतिक सङ्घीय साँझ आयोजना गरिएको थियो। मेला आम्बेगदिनको खाम्दिमे बजारमा सञ्चालन गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार