मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

बहराइनको राजपरिवारका सदस्यसहितको आरोहण टोली मनास्लु हिमाल चढ्न बुधबार काठमाडौंमा उत्रिंदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः विश्वको आठौं उच्च हिमाल मनास्लुको आरोहणका लागि बहराइनको राजपरिवारका सदस्यसहित १८ जनाको आरोहण टोली आज अपरान्ह काठमाडौंंमा उत्रिँदैछ।

आरोहण टोलीमा बहराइन शाही सेनाका १५ सदस्य र बेलायतका ३ जना सहभागी रहेका छन्। उनीहरू विशेष विमानद्धारा बुधबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा उत्रिने छन्।

बहराइन सरकारको विशेष आग्रहमा नेपाल सरकारले कोरोनाको महामारी बीच बहराइनको हिमाल आरोही टोलीलाई स्वीकृति प्रदान गरेको थियो। कोरोनाका कारण नेपालमा हिमाल आरोहण गत मार्चदेखि बन्द छ।

मनास्लु हिमाल आरोहणका लागि आउन लागेका बहराइनी टोलीमा अल–खलिफा परिवार (राजपरिवार) का सदस्य मोहम्मद हमद मोहम्मद अल–खलिफा छन्। उनकै नेतृत्वमा टोलीले ८ हजार १ सय ६३ मिटरको उचाईंमा रहेको मनास्लु हिमालको आरोहण गर्नेछ।

यो पुरै अभियानलाई युवराज तथा शाही सेनाका कमाण्डर शेख नासेर बिन हमद अल–खलिफाले प्रायोजन गरेका छन्। उनी राजा हमद बिन इसा अल–खलिफाका चौथो सन्तान हुन्।

बुधबार नेपाल उत्रिने आरोही टोली ६ दिन गोकर्णस्थित रिसोर्टमा क्वारेन्टाइनमा बस्नेछ र, २२ सेप्टेम्बरमा चार्टर विमानमार्फत लुक्ला विमानस्थल हुँदै नाम्चेबजार लाग्ने कार्यतालकाि रहेको बताईएको छ ।

मनास्लु आरोहण गर्नुपूर्व चिसो मौसममा घुलमिल हुन तथा ‘वार्म–अप’ का लागि १ अक्टुबरमा ६ हजार १ सय १९ मिटर उचाईंमा रहेको लोबुचे हिमालको आरोहण गर्नेछ। फेरि काठमाडौं फर्किएर यो टोली ४ अक्टुबरमा सामा गाउँ हुँदै मनास्लुतर्फ लाग्नेछ। बहराइनको आरोही टोलीले १७ अक्टुबरमा मनास्लु हिमाल चढ्ने कार्यक्रम रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार