पुष २३, २०८२ बुधबार January 7, 2026

सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल

चलचित्र प्रमाणीकरणलाई धेरै हाउगुजी तरिकाले लिनु नपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २२ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा उहाँले भन्नुभयो, “बोर्डको बहुमत सदस्य बाहिरबाट आउनुभएका विज्ञहरु हुनुहुन्छ, उहाँहरुले सिनेमा ठीक छ भन्नुभयो भने यसमा बोर्डको अध्यक्षले भिटो प्रयोग गर्नु ठीक होइन ।”

उहाँले चलचित्र प्रमाणीकरणलाई धेरै हाउगुजी तरिकाले लिनु नपर्ने बताउँदै चलचित्र विकास बोर्डको कर्तव्यलाई नै प्राथमिकतामा राख्नुपर्ने धारणा प्रष्ट पार्नुभयो । यद्यपी बोर्डको कार्य शैलीलाई भने व्यवस्थित बनाउन ‘चेक एन्ड ब्यालेन्स’ जरुरी रहेको बताउनुभयो ।

समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयकमाथि दफावार छलफल जारी भइरहेको र यसलाई जति सक्दो छिटो टुङ्गोमा पुर्याउने क्रममा समिति सक्रिय रहेको जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक छ : पूर्वप्रधानमन्त्री खनाल
२०८२ पुष २३, बुधबार
स्वास्थ्यमन्त्री डा गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट
२०८२ पुष २३, बुधबार
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
२०८२ पुष २३, बुधबार
ऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
२०८२ पुष २३, बुधबार
कम्बोडिया थाइल्यान्डसँगको युद्धविराम लागु गर्न प्रतिबद्ध : हुन सेन
२०८२ पुष २३, बुधबार
रास्वपाबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामद्धारा उम्मेदवारी फिर्ताको घोषणा
२०८२ पुष २३, बुधबार
कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
२०८२ पुष २३, बुधबार