बैसाख १९, २०८३ शनिबार May 2, 2026

निर्वाचन सफल पार्नु सबैको साझा कर्तव्य हो : अध्यक्ष दाहाल

निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस २० गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

प्रमुख दलका नेताले निर्वाचन हुनेमा आशंका गरिरहेका बेला उहाँले सो निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आह्वान गर्नुभएको हो ।

आइतबार काठमाडौँमा आयोजित संविधान कार्यान्वयनका दश वर्ष, उपलब्धि, समस्या, चुनौती र सुझाव नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनलाई सफल पार्नु सबै नेपालीको साझा कर्तव्य भएको समेत बताउनुभयो ।

उहाँले संविधानको आवश्यक समीक्षा गरी संशोधनका लागि इमान्दार भएर लाग्न पनि सबै राजनीतिक दलको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो,‘जेन–जी आन्दोलनले उठाएका माग र सवालमा सबै पक्षको यथेष्ट ध्यान जानु जरुरी छ । साथै माग ११ गतेको राष्ट्रिय सभा सदस्य निर्वाचन तथा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु हामी सबै नेपालीको साझा कर्तव्य हो ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया