काठमाडौँ । अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोर ले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने सँग भेटवार्ता गरेका छन्। नेपाल भ्रमणमा रहेका गोरले आज लामिछानेसँग भेट गर्दै नेपाल–अमेरिका साझेदारी सुदृढ गर्ने विषयमा छलफल गरेका हुन्।
भेटपछि गोरले सामाजिक सञ्जालमार्फत नयाँ सरकारप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। उनले नेपालमा नयाँ सरकारसँग परिवर्तनका लागि स्पष्ट जनादेश रहेको र सुधारका पहलहरू आशाजनक देखिएको उल्लेख गर्दै आगामी दिनमा नजिकबाट सहकार्य गर्न अमेरिका इच्छुक रहेको बताएका छन्।
यसअघि गोरले परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्ले सँग पनि भेट गरेका थिए। रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार बनेपछि अमेरिकाबाट भएको यो दोस्रो उच्चस्तरीय भ्रमण हो।
यसअघि अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर पनि नेपाल भ्रमणमा आएका थिए। हाल भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोरलाई डोनाल्ड ट्रम्प निकट कूटनीतिज्ञका रूपमा चिनिन्छ, जसले पछिल्ला कूटनीतिक भेटघाटलाई थप महत्व दिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया