काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बुधबार बस्ने भएको छ। सोमबा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आज दिउँसो २ बजे बैठक बस्ने निर्णय गरेको हो ।
यसअघि ११ गते बस्ने भनिएको बैठक संसद् भवन पुर्ननिर्माण पूरा नहुँदा स्थगित गरिएको थियो। जेनजी आन्दोलनका क्रममा भदै २४ गते आगजनी र तोडफोडबाट संसद् भवन पूर्ण रूपमा क्षति भएको थियो।
त्यसपछि पुनर्निर्माण गरेर बुधबार प्रदेश सभा आह्वान गरिएको हो। भदै ५ पछि अहिलेसम्म बैठक बस्न सकेको छैन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया