पुष २३, २०८२ बुधबार January 7, 2026

कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग

आगामी पुस २७ र २८ गते विशेष महाधिवेशनको दिनका लागि शान्ति सुरक्षाको व्यवस्थापनको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २३ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको व्यवस्थाको माग गर्दै पत्र दर्ता गराएको छ । सचिवालयको तर्फबाट मनोजमणि आचार्यले जिल्ला प्रशासन कार्यालयमा आगामी पुस २७ र २८ गते विशेष महाधिवेशनको दिनका लागि शान्ति सुरक्षाको व्यवस्थापनको माग गरेका हुन् ।

‘नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन यही मिति २०८२ पुस २७ र २८ गते काठमाडौंको भृकुुटीमण्डपमा आयोजना हुने हुँदा उक्त स्थान आसपास तथा काठमाडौं क्षेत्रभित्रमा शान्ति सुरक्षाको आवस्यक व्यवस्था मिलाइदिनुहुन अनुरोध छ,’ पत्रमा भनिएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा विशेष महाधिवेशनको पक्षमा रहेका छन् । संस्थापन समूह भने विशेष महाधिवेशन हुन नहुने पक्षमा छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागअनुसार विशेष महाधिवेशन बोलाउन लागिएको हो । कांग्रेसको विधानको धारा १७ (२) मा विशेष महाधिवेशनसम्बन्धी व्यवस्था रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक छ : पूर्वप्रधानमन्त्री खनाल
२०८२ पुष २३, बुधबार
स्वास्थ्यमन्त्री डा गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट
२०८२ पुष २३, बुधबार
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
२०८२ पुष २३, बुधबार
ऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
२०८२ पुष २३, बुधबार
कम्बोडिया थाइल्यान्डसँगको युद्धविराम लागु गर्न प्रतिबद्ध : हुन सेन
२०८२ पुष २३, बुधबार
रास्वपाबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामद्धारा उम्मेदवारी फिर्ताको घोषणा
२०८२ पुष २३, बुधबार
कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
२०८२ पुष २३, बुधबार