श्रावण २०, २०८३ बुधबार August 5, 2026

काँग्रेसको विशेष महाधिवेशन सफल बनाउन १८ उपसमिति गठन (सूची सहित)

जनपरिचालन जुलुस ब्यवबस्थापन समिति संयोजकमा जगदिश्वर नरसिंह केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेका छन्।

विशेष महाधिवेशनका लागि हालसम्म १८ उपसमिति गठन गर्दै त्यसका संयोजकसमेत तोकिएको छ।

विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने जनाउँदै त्यसको तयारीका लागि विभिन्न १८ उपसमिति गठन गरिएको हो।

व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका विभिन्न १८ वटा उपसमिति गठन गरिएको छ।

पार्टी विधानले विधानसम्मत प्रक्रिया पूरा गरी माग भएको विषेश महाधिवेशन नहुने परिकल्पना नगरेको र विधान बमोजिम कारण देखाएर माग गरेको विशेष महाधिवशेनलाई असान्दर्भिक वा औचित्यहिन भन्ने अधिकार कसैलाई नरहेको उनीहरूले जनाएका छन् ।

पत्रकार सम्मेलनमा महाधिवेशन पक्षधरहरुको तर्फबाट कांग्रेस नेता सुवास पोखरेलले विशेष महाधिवेशन सम्पन्न गर्न विभिन्न तयारी व्यवस्थापनसम्बन्धी १८ वटा उपसमिति गठन गरिएको जानकारी दिए। उनले विशेष महाधिवेशनको अघि केन्द्रले आफ्नो दायित्व बुझ्ने र आयोजनाको स्वामित्व लिने विश्वास व्यक्त गरे।

उनीहरूले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुको सक्रिय उपस्थीति र सहभागीताका लागि आग्रह समेत गरेका छन्। पार्टीको एकतालाई थप सुदृढ पार्न विशेष महाधिवेशन कोसेढंगा सावित हुने विशेष महाधिवेशन पक्षधरले जनाएका छन्।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया