काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच पार्टी एकता र निर्वाचन सहकार्य गर्ने सहमति भएको छ । दुई पार्टीबीच फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सहकार्य गर्ने तथा त्यससँगै पार्टी एकताको प्रक्रिया अघि बढाउने विषयमा चार बुँदे सहमति भएको हो ।
दुवै पार्टीका नेतृत्वबीच भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर गरिएको जनाइएको छ । सहमति पत्रमा राष्ट्रिय परिवर्तन पार्टीका तर्फबाट उपाध्यक्ष दिनेशचन्द्र खनाल र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट निर्वाचन परिचालन तथा वार्ता–संवाद समितिका संयोजक जनार्दन शर्माले हस्ताक्षर गरेका हुन् ।
सहमति अनुसार आगामी निर्वाचनमा साझा रणनीति अपनाउने, उम्मेदवार चयनमा सहकार्य गर्ने, संयुक्त चुनावी कार्यक्रम सञ्चालन गर्ने तथा दीर्घकालीन रूपमा पार्टी एकता गर्ने दिशामा आवश्यक प्रक्रिया अघि बढाउने विषय समेटिएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया