श्रावण २०, २०८३ बुधबार August 5, 2026

लोसपा अध्यक्ष ठाकुरद्वारा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता

मधेस प्रदेशमा चारवटा सिटको लागि उम्मेदवारी दर्ता हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस २३ गते। राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ।

निर्वाचन कार्यालय मधेस प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको हो।

उहाँको प्रस्तावकमा लोसपाका मधेस प्रदेश सभा सदस्य जयनुल राईन रहनुभएको छ भने समर्थकमा समेत लोसपाकै प्रदेशसभा सदस्य एवं मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी हुनुहुन्छ।

जनता समाजवादी पार्टी नेपाल र लोसपाबीच पार्टी एकताको निर्णय भइसकेको छ। मधेस प्रदेशमा चारवटा सिटको लागि उम्मेदवारी दर्ता हुँदैछ।

दलित, अल्पसंख्यक-अपाङ्ग, महिला र अन्य सिटमा निर्वाचन हुँदैछ। मधेस प्रदेशमा प्रदेशसभातर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरी ३७० जना मतदाता छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया