काठमाडौंः केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)मा कार्यरत २६ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमध्ये एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी) सहित ब्यूरोको ब्यारेकमा बस्ने ८ जना प्रहरीलाई भदौ २४ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो ।
उनीहरुका कन्ट्याक्ट ट्रेसिङका आधारमा थप प्रहरीलाई संक्रमण देखिएको हो । संक्रमित प्रहरी कर्मचारीलाई सामाखुसीस्थित पहरा गण र नम्बर–२ गण महाराजगञ्जको आइसोलेशनमा राखिएको छ ।
केही प्रहरी कर्मचारी भने ‘होम आइसोलेशन’मा बसेका छन् । सिआईबी ठूला घटना अनुसन्धान गर्ने महत्त्वपूर्ण इकाई हो । एकैपटक ठूलो संख्यामा प्रहरी संक्रमित भएपछि कार्यालयमा आलोपालो सिस्टम लागु गरिएको ब्युरोले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया