मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

बहराइनका राजपरिवार सदस्य सहितको टोली काठमाण्डौंमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः बहराइनका राजपरिवारका सदस्य सेख महमद हमद महमद अल खलिफा सहितको १८ सदस्यीय टोली नेपालको पर्यटकीय स्थल घुम्नको लागि आज नेपाल आइपुगेको छ ।

पूर्व निधारित समय अनुसार उनीहरु त्रिभुवन विमानस्थलमा बिहान ११ बजे अवतरण गरेका हुन् ।बहराइनको राजपरिवार नेपाल घुम्न लालायित थियो ।

बहराइनमा नेपालको पर्यटकीय क्षेत्र, कला र संस्कृतिको प्रचारप्रसार भएपछि राजपरिवार नै नेपाल घुम्न उत्साहित भएको बहराइनस्थित नेपाली राजदूतावासले बताएको छ ।

नेपालका १० उत्कृष्ट पर्यटकीय स्थलको वृतचित्र बहराइनमा प्रदर्शन गरेपछि नेपालप्रति चासो बढेको हो । राजकुमार नासिर सहितको टोलीले नेपालमा ट्रेकिङ गर्ने कार्यक्रम छ ।

त्यसै क्रममा रोयल गार्ड बहराइनको टोलीले हिमाल आरोहण गर्ने कार्यक्रम रहेको छ । टोलीको नेतृत्व पनि राजकुमार नासिरले गर्नेछन् । त्यस क्रममा सगरमाथामा बहराइनको झण्डा फहराउन राजकुमार नासिरले आरोहण टोलीलाई हस्तान्तरण गरिसक्नु भएको नेपाली दूतावासले जनाएको छ ।

बहराइका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार कोभिड–१९ का कारण नेपालमा भ्रमण वर्ष २०२० स्थगित भए पनि भ्रमण वर्षलाई लक्षित गरी नेपाल र बराइनको दौत्य सम्बन्ध ४३ वर्ष पुगेको अवसरमा बहराइनमा गरेका कार्यक्रमको प्रभाव राजपरिवार र जनस्तरमा राम्रो परेको छ ।

नेपाल र बहराइनको दौत्य सम्बन्ध बलियो बनाउन योजनाबद्ध काम गरेको राजदूत पदम सुन्दासको भनाइ रहेको गोरखापत्रले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार