भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

पीएसजीको फ्रेन्च सुपर कपमा एकछत्र दबदबा

पीएसजीलाई लगातार चौथो पटक फ्रेन्च सुपर कपको उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले मार्सेललाई नाटकीय रूपमा हराउँदै लगातार चौथो पटक फ्रेन्च सुपर कपको उपाधि हात पारेको छ।

बिहिबार कुवेतमा सम्पन्न रोमान्चक फाइनल भिडन्तमा मार्सेललाई पेनाल्टी सुटआउटमा ४–१ ले स्तब्ध पार्दै पीएसजीले उपाधी हात पारेको हो ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको पीएसजीले १३औं मिनेटमै अग्रता लिएको थियो। ओस्मान डेम्बेलेले गोल गर्दै टोलीलाई सुरुवाती सफलता दिलाएका थिए। तर, खेलको उत्तरार्धमा मार्सेलले उत्कृष्ट पुनरागमन गर्‍यो।

७६औं मिनेटमा मेसन ग्रिनउडले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। ८७ औं मिनेटमा पीएसजीका विलियन पाचोबाट आत्मघाती गोल भएपछि मार्सेल २–१ को अग्रता बनाउँदै उपाधि नजिक पुगेको थियो।

हारको सँघारमा पुगेको पीएसजीका लागि इन्जुरी समयमा गोन्सालो रामोसले अन्तिम क्षणमा बराबरी गोल फर्काएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो।पेनाल्टी सुटआउटमा पीएसजीका गोलकिपर लुकास शेभालिए नायक बने। उनले मार्सेलका दुईवटा प्रहारलाई उत्कृष्ट ढङ्गले रोकेपछि पीएसजी ४–१ ले विजयी भयो।

यो जितसँगै पीएसजीले पछिल्ला १३ संस्करणमध्ये १२ पटक फ्रेन्च सुपर कप जित्ने अद्भुत कीर्तिमान समेत बनाएको छ। लगातार चौथो पटकको यो सफलताले फ्रान्सेली फुटबलमा पीएसजीको एकछत्र राजलाई पुनः पुष्टि गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार