असोज ६, २०८३ मंगलबार September 22, 2026

काँग्रेस संस्थापनाको पत्रकार सम्मेलन स्थगित

अधिकांश संस्थापन पक्षको विरोधका बाबजुद महामन्त्रीद्वय बिशेष महाधिवेशन गराइछाड्ने अडानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाली कांग्रेसले आज आयोजना गर्न लागेको पत्रकार सम्मेलन स्थगित गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेता शेखर कोइरालासहित केन्द्रीय नेताहरूलाई सहभागी गराएर दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा गर्न लागेको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरिएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मध्याह्न पौने १२ बजे विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिएका छन् । सम्मेलन किन स्थगित गरियो भन्नेबारे विज्ञप्तिमा विस्तृत कारण खुलाइएको छैन ।

पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर विवाद बढिरहेका बेला पत्रकार सम्मेलन स्थगित भएको हो । सभापति र कार्यवाहक सभापतिसहित अधिकांश संस्थापन पक्षको विरोधका बाबजुद महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरिसकेका छन् ।

संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरहरूलाई हस्ताक्षर फिर्ता लिन हिजो आग्रह गरेको थियो । तर महामन्त्री गगन थापाले उक्त आग्रहको विरोध गर्दै विशेष महाधिवेशन पार्टी विधानअनुसारको प्रक्रिया भएको दाबी गरेका थिए । विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्रको आन्तरिक मतभेद थप सतहमा आएको देखिएको छ ।

May be an image of text that says 'नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. स्मृति भवन, ललितपुर, नेपाल रानी চাગे पौष पौषर,२०६२ २१, २०६२ रीय STiat प्रेस विज्ञप्ति (पत्रकार सम्मेलन स्थगित गरिएको सम्बन्धमा) नेपाली कांग्रेसद्दारा आज २०६२ पौष २५ गते दिउँसो 9:00 बजे पार्टीको केन्द्रीय कार्यालय, बी.प पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा गनें भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत् सबैलाई जानकारी गराइन्छ जय नेपाल! eoucas कृष्णप्रसाद पौडेल मुख्य सचिव टेलिफोन: (९ও૭-૧ 북9도북산터산 보우R구도 보양대세국특봇 फयाक्स (९૭७-૧) 부으드록구트 E-mail: l:info@nepalicongress.org, Website :www.nepalicongress.org'

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार
बजेट शून्यताको अवस्था छिटो अन्त्य गर्न कांग्रेस संसदीय दलको आग्रह
२०८३ असोज ६, मंगलबार
अर्थमन्त्री डा. वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
२०८३ असोज ६, मंगलबार
नेपाल टेलिकमद्वारा भदौमा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
२०८३ असोज ६, मंगलबार
एसियाड महिला कबड्डी : थाइल्यान्डलाई पराजित गर्दै नेपालको सुखद सुरुआत
२०८३ असोज ६, मंगलबार