मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

खाद्यवस्तु तथा पानी उद्योगहरुमा अनुगमन तीव्र पारिँदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्‍न खाद्यवस्तु तथा पानी उद्योगको अनुगमनलाई तीव्र पारेको छ ।

विद्यमान खाद्य ऐन, नियम निर्देशिका तथा कोभिड–१९ सङ्क्रमणको अवस्थामा खाद्य व्यवसायीले अपनाउनुपर्ने सावधानीको पालनासम्बन्धी अनुगमन निरीक्षणका लागि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा टोली खटाइएको विभागले आज विज्ञप्ति जारी गरी जनाएको छ ।

अनुगमनका क्रममा देखिएका कमजोरीबारे स्पष्ट निर्देशन दिनाका साथै केहीको नमूना सङ्कलन गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । उनका अनुसार पछिल्लो पटक एवान पोलिमर्स एण्ड बेभरेज, सिद्धकाली एक्वा उद्योग, एक्वाटिक इन्डष्ट्रिजको अनुगमन गरिएको जनाइएको छ ।

विभागका अनुसार यही भदौ २८ देखि अनुगमनलाई तीव्रता दिइएको थियो । अनुगमनका लागि उपत्यकाका विभिन्न क्षेत्रमा परिचालन हुने गरी तीन समिति बनाइएको छ ।

हाल प्रशोधित पिउनेपानी, दूध र दाना उद्योगको अनुगमन तथा निरीक्षण भइरहेको जनाइएको छ । पछिल्लो तीन दिनमा मात्रै २० भन्दा बढी उद्योगको अनुगमन गरी नमूना सङ्कलन गरिएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार