मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

‘यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन’ आगामी माघमा

प्रतियोगितामा करिब ५० खेलाडीको सहभागिता रहने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २८ पुसः नखीपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सहआयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता आगामी माघ १४ गतेदेखि हुने भएको छ ।

प्रतियोगिता चार डबल्स र एक सिङ्गल्स गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले जानकारी दिनुभयो । पुरुष डबल्स ‘ए’ डिभिजन र ‘बी’ डिभिजन, यु–१७ ब्वाइज सिङ्गल्स, महिला डबल्स र भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा प्रतिस्पर्धा हुनेछ ।

पुरुष डबल्स ‘ए’ मा शीर्ष २० वरियताका खेलाडीले सहभागी हुन पाउने छैनन् । नेपाल ब्याडमिन्टन सङ्घसँग छलफल गरी पुरुष डबल्स ‘बी’ क्याटगोरीमा सहभागी हुन पाउने खेलाडीको टुङ्गो लगाइने आयोजकले जनाएको छ । महिला डबल्समा शीर्ष १० वरियताबाहेकका खेलाडीलाई अवसर दिइने छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि रु तीन लाख ७० हजार रहेको क्लबका महासचिव पुष्पराज राईले जानकारी दिनुभयो । पुरुष डबल्स ‘ए’ मा पहिलो हुनेले रु ५० हजार, दोस्रोले रु २५ हजार र तेस्रोले रु १०÷१० हजार नगद पुरस्कार जित्ने छन् । पुरुष डबल्स ‘बी’, महिला डबल्स र भेट्रान डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ४० हजार, रु २० हजार र रु १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यु–१७ को विजेताले रु २० हजार, उपविजेताले रु १० हजार पाउने छन्

प्रतियोगितामा करिब ५० खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ । नखिपोटस्थित आयोजककै कभर्डहलमा हुने चारदिने प्रतियोगिता सञ्चालन गर्न करिब रु १८ लाख ४५ हजार खर्च हुने अनुमान गरिएको आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताउनुभयो ।

आज आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबको प्रतिनिधित्व गरी विभिन्न घरेलु प्रतियोगितामा पदक जित्न सफल निसाम हाङमा लिम्बूलाई सम्मान गरिएको थियो । खेलकुद तथा विभिन्न सामाजिक कार्यमा सक्रिय नखिपोट युथ क्लब २०५६ सालमा स्थापना भएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार