काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो।
मंगलबार छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३ सय १५ रुपैयाँले बढेको छ। यससँगै आज चाँदी एक तोला ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ कायम थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया