श्रावण २५, २०८३ सोमबार August 10, 2026

कास्की कारागारबाट फरार कैदी स्याङ्जा प्रहरीको फन्दामा

लागुऔषध मुद्दामा फरार दुई प्रतिवादीहरू समेत पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, माघ १ गते । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भीरकोट नगरपालिका वडा नं –११  का ४० वर्षीय हिराबहादुर कुँवरलाई पक्राउ गरेको हो ।

हाडनाता जवरजस्ती करणी मुद्दामा कारागारमा रहेको कुँवर जेनजी आन्दोलनका क्रममा भागेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

कुँवरलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुम, स्याङ्जाबाट खटिएको विशेष टोलीले घरबाटै पक्राउ गरेको हो ।

यस्तै प्रहरीले लागुऔषध मुद्दामा फरार दुई प्रतिवादीहरू समेत पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय, बैदाम कास्कीमा लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता भएका भिरकोट –२  बस्ने ३२ वर्षीय मुकर खान भन्ने सजित अलि मिया र गोरखा नगरपालिका –४ भई हाल भिरकोट–०१ बस्ने २४ वर्षीय पेप्पे भन्ने प्रविन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया