श्रावण ९, २०८३ शनिबार July 25, 2026

चौधौँ ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ शुरु हुँदै

“महोत्सवमा नेपाली समूहअन्तर्गत करिब चार दर्जनभन्दा बढी चलचित्र, वृत्तचित्र र लघु चलचित्रमध्येबाट २० वटा छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन तथा विलक्षण क्रिएसन प्रालिको आयोजनामा ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १४औँ संस्करण आजदेखि चार दिनसम्म काठमाडौँमा सञ्चालन गरिने भएको छ ।

चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुने उक्त महोत्सवमा नेपालसहित २० देशका ४३ वटा चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महोत्सवमा नेपाली समूहअन्तर्गत करिब चार दर्जनभन्दा बढी चलचित्र, वृत्तचित्र र लघु चलचित्रमध्येबाट २० वटा छनोट भएका छन् । हामीले विश्वभरका चलचित्रकर्मीलाई भेला गरेर ज्ञान आदानप्रदान गर्ने मञ्च तयार गरेका छौँ । यसले हाम्रो चलचित्रलाई विश्वभरका चलचित्रकर्मीसँग परिचित गराउँछ ।”

उहाँले यसपटक विभिन्न देशका १० जना विदेशी चलचित्रकर्मीको सहभागिता रहने महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, नृत्य कार्यशाला, कला प्रदर्शनी र मास्टर क्लाससमेत सञ्चालन गरिने बताउनुभयो । महोत्सवमा नेपाली चलचित्रतर्फ मिलन चाम्स निर्देशित ‘अञ्जिला’, सरोज पौडेल निर्देशित ‘कोशेढुङ्गा’, ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’, दीपकप्रसाद आचार्य निर्देशित ‘परान’ र नर प्रधान निर्देशित ‘यो मन त मेरो नेपाली हो’ छनोट भएका छन् । वृत्तचित्रतर्फ भीमलाल श्रेष्ठ निर्देशित ‘अरिंगाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ छनोट भएका छन् ।

नेपालबाहेक अफ्रिकी तथा अन्तर्राष्ट्रिय समूहमा कथानक चलचित्रतर्फ बङ्गलादेशको ‘मेमोरी अफ ग्लुमी मनसुन’ र कोट डी आइभोरीको ‘साइलेन्स मोर्टेल’ प्रतिस्पर्धामा छन् । वृत्तचित्रतर्फ युक्रेनको ‘द स्केड्युल अफ फाइटिङ टु लर्न’, एष्टोनियाको ‘अटिस्ट अफ सर्भाइभल’ र जर्मनीको ‘गल्र्स डोन्ट प्ले स्पोट्र्स’ छनोट भएका छन् ।

अफ्रिकन चलचित्रतर्फ इजिप्टको ‘द मङ्की’, ट्युनिसियाको ‘मेट्रो पोलिस’ र मोरक्कोको ‘द चेम्बर’ अन्तिम प्रतिस्पर्धामा छन् । महोत्सवमा ‘सिनेमा, कल्चर एन्ड नेचर’ शीर्षकमा चार दिनसम्म चित्रकला प्रदर्शनी पनि हुने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार