मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

तेस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकले जित्यो

त्रिवेणी कप भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा सम्पन्न तेस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ ।

चौबिसे गाउँपालिका वडा नं.४ र ५ को संगमस्थलस्थित हंसमोरङमा बिहीबार सम्पन्न फाइनल खेलमा कोशी प्रदेश प्रहरीलाई पराजित गर्दै आयोजक त्रिवेणी खेलकुद समित्लिे उपाधि जितेको हो ।

फाइनल खेलमा त्रिवेणीले कोशी प्रदेश प्रहरीलाई २३–२५, २५–२२, २१–२५, २५–२१ र १५–७ को सेटमा हराउँदै उपाधि जितेको हो । विजेता आयोजक त्रिवेणी खेलकुद समितिले उपाधिसँगै नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ हात पारेको छ भने उपविजेता कोशी प्रदेश प्रहरीले ६६ हजार छ सय ६६ रुपैयाँमा चित्त बुझाएको छ ।

कोशी प्रदेशका ६ टीमको सहभागिता रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक त्रिवेणी खेलकुद समितिका प्रदिप कटेल घोषित भए । उनले नगद २ हजार ५ सय रुपैयाँ हात पारे । यस्तै उत्कृष्ट लिब्रो कोशी प्रहरीका युगल मगर, उत्कृष्ट सटर आयोजकको जितेश राई, उत्कृष्ट ब्लकरमा कोशी प्रहरीका ऋषि घिमिरे, उत्कृष्ट स्पाइकर आयोजकको रविन गौतम घोषित भए । उनीहरूले जनही नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।

विगत तीन वर्षदेखि सुरु भएको प्रतियोगिताको यो पटक तेस्रो संस्करण त्रिवेणी खेलकुद विकास समितिको आयोजनामा भएको आयोजक समितिका संयोजक रोशन भण्डारीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार