मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

प्रतिभावान खेलाडी पहिचान र विकास लक्ष्यसहित ‘पेसएक्स स्पोटर्स’ कार्यक्रम घोषणा

खेलकुद क्षेत्रका चुनौती सम्बोधन गर्न ‘पेसएक्स स्पोटर्स’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली खेलकुद क्षेत्रको विकासमा देखिएका चुनौती सम्बोधन गर्ने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ कार्यक्रम घोषणा गरिएको छ । सो कार्यक्रमका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा संस्थाको संस्थापक अध्यक्ष सङ्गीता कर्णले खेलकुदलाई शिक्षा, जीवनशैली र राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा स्थापित गर्ने उद्देश्यले कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

“प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूको शारीरिक, मानसिक र नैतिक विकास गर्दै स्थानीय तहबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने स्पष्ट मार्ग निर्माण गर्नु संस्थाको मुख्य उद्देश्य हो”, अध्यक्ष कर्णले भन्नुभयो ।

‘पेसएक्स स्पोटर्स’लाई प्रशिक्षण केन्द्रमा सीमित नराखी खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र तथा खेलकुदसँग सम्बन्धित निकायलाई जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ ।

‘पेसएक्स स्पोटर्स’अन्तर्गत प्रतिभा पहिचान र विकास, खेलाडीको समग्र विकास, विद्यालय तथा कलेज खेलकुद, कार्यस्थल आधारित खेलकुद तथा स्वास्थ्य कार्यक्रम, प्रतियोगिता तथा सामुदायिक संलग्नता लगायत गतिविधि सञ्चालन गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार