कार्तिक २२, २०८३ आइतबार November 8, 2026

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

नवनिर्मित भवनमा कम्प्युटर र विज्ञान प्रयोगशालाका साथै कार्यशाला आयोजना गर्ने प्रेक्षालय पनि निर्माण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गाईघाट (उदयपुर), २ माघः भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ ।

तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो ।

नवनिर्मित भवनमा कम्प्युटर र विज्ञान प्रयोगशालाका साथै कार्यशाला आयोजना गर्ने प्रेक्षालय पनि निर्माण गरिएको छ । भवनको हालै आयोजित एक कार्यक्रममा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले उद्घाटन गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया