मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

राष्ट्रिय लिग : आर्मीसँग मनाङको लज्जासपद हार

लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, माघ ३ गते । मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग लज्जासपद हार खेपेको छ ।

दशरथ रङ्गशालामा शनिबार भएको खेलमा आर्मीले मनाङलाई ५–० गोलले हरायो । एकपक्षीय खेलमा आर्मीलाई जिताउन निराजन धामीले दुई तथा नवीन लामा, नवयुग श्रेष्ठ र जिलेस्पीजङ्ग कार्कीले एक एक गोल गर्नुभयो ।

खेलभर मनाङलाई दबाबमा राखेको आर्मीले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गरेको थियो । लिगको पहिलो जितसँगै आर्मीले तीन अङ्क बनाएको छ ।

यस्तै एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा शनिबार नै भएको अर्को खेलमा चितलाङ एफसीले राष्ट्रिय जनजागृति युवा क्लबलाई २–१ गोलले हरायो । जितसँगै चितलाङले तीन अङ्क बनाएको छ । जनजागृतिले हारबाट लिगको सुरुवात गरेको छ ।

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ए’ डिभिजनसहित मोफसलका लालिगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गर्नेछन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार