मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु

५० ओभरको खेलमा चार टोलीले छ वटा लिग खेल खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दोधारा चाँदनी (कञ्चनपुर),४ माघ (रासस) : यहाँ प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरको आयोजनामा महेन्द्रनगरस्थित खेल मैदानमा आज दोधारा चाँदनीका नगरप्रमुख किशोरकुमार लिम्बुले प्रतियोगिता शुभारम्भ गर्नुभयो ।

त्यस अवसरमा उहाँले क्रिकेट खेलको विकासका लागि नगरपालिका सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो ।

क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष विरेन्द्रबहादुर चन्दले छनौटका लागि ६० जना खेलाडीले नाम दर्ता गराएका र त्यसकै आधारमा चार वटा टोली बनाएर प्रतियोगिता सुरु गरिएको जानकारी दिनुभयो ।

५० ओभरको खेलमा चार टोलीले छ वटा लिग खेल खेल्नेछन् । यही प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई समेटेर आगामी फागुनमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा कञ्चनपुर जिल्लाको टीम तयार गरिने अध्यक्ष चन्दले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार