असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तान झडपमा २३ सैनिक तथा ३१ तालिवान लडाकुको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा दुई स्थानमा भएका झडपमा कम्तीमा २३ अफगानी सैनिक र ३१ लडाकुको मृत्यु भएको छ । उक्त घटनामा दर्जनौँ लडाकुहरू घाइते भएकको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच वार्ता भइरहेका समय भएको यो ठूलो भिडन्त हो । प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोगियानीले सिन्ह्वालाई दिएको जानकारी अनुसार नान्गाहर प्रान्तमा २० सैनिक र २९ तालिवान लडाकूको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा १५ सैनिक र २० लडाकू घाइते भएका छन् ।

पश्चिमी बग्गिस प्रान्तमा कादिसको जिल्ला प्रशासन कार्यालयमा हमला गर्ने आक्रमणकारीहरूविरूद्ध सुरक्षा बलले जवाफी कारबाही गरेको अर्को एक घटनामा तीन सैनिक र दुई विद्रोहीको मृत्यु भएको थियो । घटनामा छसैनिक र पाँच लडाकू घाइते भएका छन् ।

जिल्ला प्रमुख हैदर शरीफीले सिन्ह्वासँग भने, “प्रशासन कार्यालयलाई लडाकू समूहले कब्जा गर्न खोजेपछि सुरक्षा कार्यालयमा तैनाद सैनिक तथा प्रहरीले जवाफी कारबाही चलाएका थिए । भिडन्तका क्रममा जिल्ला कार्यालय भवनका केही भाग र एउटा सशस्त्र सेनाको गाडीमा विद्रोहीले आगो लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार