बैसाख ८, २०८३ मंगलबार April 21, 2026

नेप्से परिसूचक ३१ अङ्कले बढ्यो

सबैभन्दा बढी थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ७८ प्रतिशतले घटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १२ अङ्कले बढेर दुई हजार ६७२ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।

आज ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक खरिद बिक्री हुँदा रु आठ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ दशमलव ५९ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूहको उपसूचक पाँच दशमलव ७३ प्रतिशतले बढेको छ ।

सागर डिस्टिलरी लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड र गुर्खाज फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ७८ प्रतिशतले घटेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया