भाद्र ९, २०८३ मंगलबार August 25, 2026

युवाको ऊर्जा रचनात्मक र राष्ट्रनिर्माणको दिशामा प्रयोग हुनुपर्छ : उपाध्यक्ष घिमिरे

दबाबमूलक कार्यक्रमहरूमार्फत युवाको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले युवाको ऊर्जा नकारात्मक दिशामा होइन, रचनात्मक र राष्ट्रनिर्माणको दिशामा प्रयोग हुनुपर्ने धारणा राख्नुभएको छ ।

यहाँ आज आयोजित ‘मोडल युनाइटेड नेसन्स ४.०’ समापन समारोहमा उपाध्यक्ष घिमिरेले पछिल्लो समयमा युवालाई दुरुपयोग गर्ने खतरा रहेको चिन्ता व्यक्त गर्नुभयो ।

“देश, राजनैतिक व्यवस्था, राजनैतिक दल र नेतृत्वप्रति अनावश्यक रुपमा घृणा फैलाउन युवा विद्यार्थीलाई दुरुपयोग गर्ने खतरा उत्तिकै देखिएको छ”, उहाँले भन्नुभयो, “युवाको ऊर्जा नकारात्मक दिशामा होइन, रचनात्मक र राष्ट्रनिर्माणको दिशामा प्रयोग हुनुपर्ने वातावरण सिर्जना गर्नुपर्छ ।”

उपाध्यक्ष घिमिरेले अझै पनि सबै पक्ष युवाको चाहनाअनुसार नभएकाले दबाबमूलक कार्यक्रमहरूमार्फत युवाको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न आग्रह पनि गर्नुभयो । लोकतन्त्रमा शान्तिपूर्ण रुपमा आवाज उठाउने कुरा अपराध नभई नागरिक अधिकारको अधिकार भएकाले शान्तिपूर्ण बहसमार्फत नीतिगत सुझाव दिने, कतिपय अवस्थामा नागरिक अभियानमार्फत राज्यलाई जिम्मेवार बनाउनु युवाहरूको दायित्व हुने भनाइ उहाँको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार