बैसाख १९, २०८३ शनिबार May 2, 2026

यही व्यवस्थामा दिगो शान्ति र सुशासन खोज्नुपर्छ – उपाध्यक्ष घिमिरे

विभिन्न समुदायहरूबीचको आपसी सद्भाव, सहकार्य र मेलमिलापले हाम्रो सामाजिक सम्बन्ध अत्यन्त सुमधुर बनाएको भनई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले सबै जाति, भाषा क्षेत्रका नेपालीहरू एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

उहाँले तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसारको अवसरमा तामाङ समुदाय तथा देशविदेशमा रहनुभएका नेपाली आमाबुबा, दिदिबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति,समृद्धि, सु–स्वास्थ्य एवम् प्रगतिको शुभकामना व्यक्त गर्दै भन्नुभएको छ, “विविधताले युक्त भएर विभिन्न समुदायहरूबीचको आपसी सद्भाव, सहकार्य र मेलमिलापले हाम्रो सामाजिक सम्बन्ध अत्यन्त सुमधुर बनाएको छ ।”रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया