मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

बागमती प्रदेशस्तरीय भलिबल हुने

हरेक टिमले राष्ट्रिय टिमबाट खेलेका दुई खेलाडी समावेश गर्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नुवाकोट । बागमती प्रदेशस्तरीय अन्तरपालिका खुला पुरुष महाँकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने भएको छ ।

ललितपुर महाँकाल गाउँपालिकाको सहयोग तथा महाँकाल क्लबको आयोजनामा प्रतियोगिता फागुन ६ देखि १० गतेसम्म हुनेछ । प्रतियोगिताका सबै खेल महाँकाल वडा ४ को बाघभैरव प्राविधिक माविको मैदानमा हुनेछ ।

विजेताले एक लाख ५० हजार ५५, उपविजेताले ७५ हजार ५५५ र तेस्रो हुनेले ३५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । प्रतियोगितामा २० देखि ५० टिमको सहभागिता रहने अपेक्षा छ । हरेक टिममा १० खेलाडी रहनेछन् ।

त्यसमा हरेक टिमले राष्ट्रिय टिमबाट खेलेका दुई खेलाडी समावेश गर्न पाउनेछन् । महाँकाल भलिबल क्लबका कप्तान दार्जे तामाङले आयोजकको टिम खुला छनोटबाट गरिने बताए । खुला छनोट माघ १६ देखि १८ सम्म हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार