माघ ६, २०८२ मंगलबार January 20, 2026

आजको सम्भावित मौसम : तराईमा हुस्सु-कुहिरा, पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने

आज राति तराई भागका केही स्थानमा हुस्सु रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ ।

त्यसैगरी, आज राति तराई भागका केही स्थानमा हुस्सु रहनेछ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया