श्रावण २०, २०८३ बुधबार August 5, 2026

काठमाडौँ-७ मा कांग्रेसबाट प्रमोदहरी गुरागाँइले पाए टिकट

काठमाडौँ–७ मा कांग्रेसको दाबी बलियो पार्न प्रमोदहरी गुरागाँई मैदानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रमोदहरी गुरागाँईलाई उम्मेदवार बनाएको छ।

हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित गुरागाँई पार्टीका उदीयमान युवा नेताका रूपमा परिचित छन्। उनी नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यसमेत हुन्।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसले काठमाडौँ–७ बाट गुरागाँईलाई उम्मेदवारका रूपमा सिफारिस गरेको थियो।

यसपटक कांग्रेसले काठमाडौँ क्षेत्र नम्बर ७ मा एक्लै उम्मेदवारी दिने निर्णय गरेको छ। अघिल्लो निर्वाचनमा कांग्रेसले यस क्षेत्रमा राप्रपालाई समर्थन गरेको थियो।

काठमाडौँ–७ मा अन्य दलका उम्मेदवारहरू पनि सार्वजनिक भएका छन्। नेकपा एमालेबाट प्रकाश श्रेष्ठ उम्मेदवार बनेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गणेश पराजुलीलाई उम्मेदवार बनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार