श्रावण २०, २०८३ बुधबार August 5, 2026

डडेलधुरामा देउवाको सट्टा नैनसिंह महरले चुनाव लड्ने

कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य डा.आरजु राणालाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार नबनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि डडेलधुरामा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले चुनाव लड्ने भएका छन्।

पूर्व सभापति शेरबहादुर देउवाले चुनाव नलड्ने घोषाणा गरेसँगै कांग्रेसबाट महरले टिकट पाएका हुन्। महर कांग्रेसमा देउवा पक्षकै नेता हुन्।

महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन्। उनी निवर्तमान केन्द्रीय सदस्य पनि हुन्।

यसैबीच  देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन्। देउवाको निजी सचिवालयले उनी उमेदवार नबन्ने जानकारी गराएको हो।

‘शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नहुने जानकारी गराउँछु,’ देउवाका स्वकीय सचिव भानु देउवाले भनेका छन्।

२०४८ सालदेखि डडेल्धुराबाट उम्मेदवार बन्दै आएका र सधैं जित्दै आएका देउवालाई अब निर्वाचन नलड्न सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अनुरोध गरेका थिए।

देउवा २०४८ देखि २०७९ सम्म लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका थिए। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नयाँ कार्यसमिति आएपछि देउवाले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन्।

देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएका निर्वाचनमा प्रत्यक्षतर्फ लगातार डडेल्धुराबाट विजयी भएका थिए। २०६४ सालमा कञ्चनपुर ४ र २०७० मा देउवाले डडेल्धुराबाहेक कैलाली ६ बाट पनि चुनाव जितेका थिए। सातपटक लगातार निर्वाचन जितेका एक मात्र नेता देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका छन्।

यसैबीच नेपाली कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य डा.आरजु राणालाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार नबनाउने भएको छ।

कैलाली क्षेत्र नम्बर ५ बाट डा.राणाको नाम सिफारिस भएको थियो । कांग्रेसले कैलाली ५ मा नरनारायण शाहलाई उम्मेदवार बनाएको छ।

कांग्रेसले कैलाली ५ बाट शाहसहित डा.राणा, डिल्लीराम पन्त र नृपबहादुर ओड सिफारिस भएका थिए। सभापति गगनकुमार थापाले सबै उम्मेदवारलाई ब्याक राखेर शाहलाई टिकट दिएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार