असोज ६, २०८३ मंगलबार September 22, 2026

सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रेसुङ्गा माविले जित्यो

दोस्रो भएको महेन्द्र माध्यमिक विद्यालयले नौ स्वर्ण, आठ रजत र १३ कास्य गरी कुल ३० पदक हात पार्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, माघ ८ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाको आयोजनामा भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को प्रतियोगितामा १० स्वर्ण, १२ रजत र ११ कास्य गरी कुल ३३ पदक हात पार्दै रेसुङ्गा माध्यमिक विद्यालयले उपाधि जितेको हो । गतवर्षको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि यस विद्यालय प्रथम भएको थियो ।

रेसुङ्गा नगरपालिकाको पहिलो र पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माध्यामिक विद्यालयले जितेको थियो । द्रोस्रो, तेस्रो र चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धबाबा माध्यमिक विद्यालयले जितेको थियो । यसवर्ष दोस्रो भएको महेन्द्र माध्यमिक विद्यालयले नौ स्वर्ण, आठ रजत र १३ कास्य गरी कुल ३० पदक प्राप्त गरेको हो ।

तेस्रो भएको सिद्धबाबा माध्यमिक विद्यालयले नौ स्वर्ण, चार रजत र पाँच कास्य गरी कुल १८ पदक प्राप्त गरेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने नाराका साथ रेसुङ्गा नगरपालिकाले सुरु गरेको स्थानीय तहस्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १९ विद्यालयले सहभागिता जनाएका थिए ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा छात्र/छात्र दौड, छात्र/छात्राबीच कबड्डी, सटफुट, ज्यावलिन–थ्रो, हाइजम्प, भलिबल छात्र र छात्रा, लमजम्प, त्रिपल जम्प, मार्सलआर्टलगायतका खेलमा प्रतिस्पर्धा भएको थियो । खेलमा उत्कृष्ट बन्नुभएका छात्र/छात्रा खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा विजेता विद्यालय र खेलाडीलाई नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, रेसुङ्गा नगरपालिकाभित्रका वडा अध्यक्ष, कार्यपालिका सदस्यलगायतले सम्मानसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार