काठमाडौंः विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाइ पिुर्ननियुक्तिको माग गर्दै पक्षमा प्रदर्शन गर्ने व्यक्तिमाथी निर्घात कुटपिट भएको छ ।
काठमाडौंको माइतीघरमा कुलमानको पक्षमा प्रदर्शन गर्ने अनामनगरका मनिष श्रेष्ठ प्रहरीको कुटाइबाट घाइते भएका हुन् । घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ ।
प्रदर्शनका क्रममा श्रेष्ठ लडेर घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले दाबी गरेका छन् । यसअघि बिहीबार पनि प्रहरीले माइतीघरमा १०० समूहका युवा अभियन्ता बब्लु गुप्तालाई कुटपिट गरेको थियो ।
पछिल्लो समय कुलमान घिसिङको प्राधिकरणबाट बिदाइ भइसकेपछि सरकारको आलोचना संगै कोरोना महामारीका बीच जोखिममा रहेर पनि कुलमानलाइ पुर्ननियुक्तिको माग गर्दै प्रदर्शनमा उत्रीएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया