भाद्र १, २०८३ सोमबार August 17, 2026

राष्ट्र बैंकद्धारा आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

अमेरिकन डलर एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९२ पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९२ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रूपैयाँ १७ पैसा र बिक्रीदर १७१ रूपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १९७ रूपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८४ रूपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रूपैयाँ २१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९९ रूपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रूपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रूपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपैयाँ ९८ पैसा र बिक्रीदर ११४ रूपैयाँ ४५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २२ पैसा र बिक्रीदर नौ रूपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ९८ पैसा र बिक्रीदर २१ रूपैयाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३९ रूपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ४० रूपैयाँ १५ पैसा र बिक्रीदर ४० रूपैयाँ ३१ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६७ पैसा र बिक्रीदर चार रूपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ८४ पैसा र बिक्रीदर ४० रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ९७ पैसा र बिक्रीदर १० रूपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ १५ पैसा र बिक्रीदर १६ रूपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ९२ पैसा र बिक्रीदर २३ रूपैयाँ ०१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ७६ पैसा र बिक्रीदर १८ रूपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रूपैयाँ ७२ पैसा र बिक्रीदर ४८० रूपैयाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३८९ रूपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रूपैयाँ ०८ पैसा र बिक्रीदर ३८१ रूपैयाँ ६४ पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ भाद्र १, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२०८३ भाद्र १, सोमबार