मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मन्त्री गुरुङद्धारा लापिलाङ पहिरोको स्थलगत अवलोकन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: दोलखाको कालिन्चोक गाउँपालिका–५ लापिलाङमा गएको पहिराको आज महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले स्थलगत अवलोकन गर्नुभएको छ ।

उहाँ आज राहत सामग्रीसहित पहिराको स्थलगत निरीक्षण गर्न लापिलाङ पुग्नुभएको थियो । मन्त्री गुरुङले पहिराको अवलोकन गर्नुहुँदै पहिरो पीडित परिवारलाई खाद्यन्न सामग्री वितरण गर्नुभयो । उहाँले लगातार वर्षा भइरहेको र पहिराको जोखिम कम नभएका कारण सुरक्षित स्थानमा बस्न तथा बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलाई निर्देशन दिनुभयो । पहिराको क्षतिको विवरण सङ्कलन गरी सरकारले राहतको व्यवस्था मिलाउने र तत्कालका लागि सुरक्षित स्थानमा वस्न पीडितलाई मन्त्री गुरुङले आग्रह गर्नुभयो ।

लापिलाङ रानीवनमा गत साउन १९ गतेदेखि लगातार पहिरो गइरहेको र नरोकिएका कारण ठूलो क्षति पुगेको छ । हालसम्म मानवीय क्षति नभए पनि २४ घर पूर्णरुपमा क्षतिग्रस्त छन् । २ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापति परिवारलाई गाउँपालिकाले नजिकैको विद्यालय तथा सुरक्षित स्थानमा सारेको छ ।

प्रदेशसभा सदस्य पशुपति चौलागाइँले तत्काल सुरक्षित रहन आग्रह गर्नुहँदै पहिरो रोकथाम तथा बस्ती स्थान्तरण गरेर पुनःनिर्माणका लागि प्रदेश सरकारको ध्यानआकर्षण गरिएको बताउनुभयो । पहिरो अवलोकनमा पूर्वमन्त्री आनन्द पोखरेल, प्राविधिक लगायतको टोली थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार