मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

टाइगर कप भलिबलमा एपिएफको विजयी सुरुवात

भलिबल कोर्टमा भएको पहिलो खेलमा पुरुषतर्फ आर्मी र दोस्रो खेलमा महिलातर्फ न्यू डायमन्ड विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माछापुच्छ्रे (कास्की), माघ ९ गते । पोखरामा शुक्रबारदेखि सुरु भएको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी क्लब र न्यू डायमन्ड स्पोर्टस् क्लबले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ विभागीय टोली एपिएफ क्लबले गण्डकी प्रदेश भलिबल संघलाई ३–१ को सेटमा पराजित गरेको छ । खेलमा एपिएफले पहिलो सेट २६–२४, दोस्रो सेट २७–२५ र चौँथो सेट २५–१९ ले जित्यो भने तेस्रो सेट गण्डकीले २५–१९ ले जितेको थियो ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा पुरुषतर्फ आर्मी र दोस्रो खेलमा महिलातर्फ न्यू डायमन्ड विजयी भए । आर्मीले माल्दिभ्स भलिबल एसोसिएसनलाई सोझो सेटमा पराजित गरेको हो । आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले जितेको थियो ।

महिलातर्फ न्यू डायमन्डले त्रिभुवन आर्मी क्बलाई पराजित गरेको छ । न्यू डायमन्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले जित निकाल्यो । पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागी टाइगर कप माघ १७ गतेसम्म चल्नेछ ।   प्रतियोगितामा पुरुष र महिला दुबैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपियाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपियाँ पाउने छन् ।

तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ नगद प्रदान गरिने आयोजक टाइगर गु्रप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६ सय ६६ र विधागतमा उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशको प्रमुख डिल्ल्लीराज भट्टले गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार