फागुण ६, २०८२ बुधबार February 18, 2026

विदेशी सम्बन्धन कलेजले ठगी गरेको आरोपसहित अखिल (क्रान्तिकारी)द्वारा मन्त्रालयमा ज्ञापनपत्र

विदेशी सम्बन्धन कलेजको ठगीविरुद्ध अखिल (क्रान्तिकारी)द्वारा मन्त्रालयमा ज्ञापनपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपालमा सञ्चालन भइरहेका विदेशी सम्बन्धनप्राप्त कलेजहरूले शिक्षाको नाममा संगठित ठगी र शोषण गरिरहेको आरोप लगाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।

संगठनले २०५९ सालमा जारी विदेशी शिक्षण संस्थासम्बन्धी निर्देशिका अवैधानिक भएको दाबी गर्दै त्यसकै आडमा विद्यार्थी ठगी, भ्रमपूर्ण सम्बन्धन, छात्रवृत्ति नदिने, धम्की दिने र विदेश पठाएर श्रम शोषणसम्म भइरहेको जनाएको छ।

शिक्षा सचिव चूडामणि पौडेललाई बुझाइएको ज्ञापनपत्रमा तथाकथित विदेशी सम्बन्धनका नाममा सञ्चालित द ब्रिटिस कलेजको अनुमति खारेज गरी कारबाही गर्न माग गरिएको छ। साथै, विदेशी सम्बन्धन कलेजमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन, नयाँ भर्ना रोक, मापदण्ड नपुगेका कलेज बन्द तथा विद्यार्थीको भविष्य सुरक्षित गर्न आग्रह गरिएको छ।

1000191279.jpg1000191282.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार