काठमाडौं । राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सातदोबाटो युवा क्लबले पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटोले मनाङ मस्र्याङ्दी क्लबलाई १० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
फरवार्ड फोडे फोफानाले गरेको एक गोल सातदोबाटोका लागि निर्णायक गोल सावित भयो । फोफानाले खेलको ६१औँ मिनेटमा गोल गरेका हुन् । सातदोबाटो पहिलो खेलमा सङ्कटा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो भने न्युरोड टिम (एनआरटी)सँग ३–१ गोलको हार व्यहोरेको थियो ।
यता मनाङको भने यो लगातार तेस्रो हार हो । मनाङ पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ५–० गोलले पराजित भएको थियो भने मच्छिन्द्र क्लबसँग २–१ गोलले पराजित भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया