फागुण ६, २०८२ बुधबार February 18, 2026

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

उमेर र तह बढ्दै जाँदा विद्यालय/क्याम्पस छोड्ने दर पनि बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली । कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। आज सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आयोजित ‘नेपालमा शिक्षा र समावेशिता तथा बालबालिकाको अवस्था’ विषयक प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा छात्राको विद्यालय छोड्ने दर उच्च देखाएको तथ्याङ्क सार्वजनिक गरिएको हो।

राष्ट्रिय तथ्याङक कार्यालय सामाजिक तथ्याङ्क महाशाखाका निर्देशक राजन सिलवालले आफ्नो प्रस्तुति राख्दै राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्याङ्कअनुसार कर्णालीमा १८–१९ वर्ष उमेरका छात्राले विद्यालय छोड्ने गरेका बताए। उनका अनुसार यसरी पढ्ने उमेरमै विद्यालय छाड्ने छात्राहरू करिब १९ प्रतिशत छन्।

उनका अनुसार यो दर राष्ट्रिय औसतभन्दा उच्च हो। “छात्रको तुलनामा छात्राहरू विद्यालयबाहिर रहनुको पहिलो कारण बालविवाह (छिटो विवाह) हो”, उनले भने, “त्यसपछि आर्थिक अभाव, उच्च शिक्षाको पहुँच नहुनु, पारिवारिक दायित्व र भौगोलिक बनोट पनि सम्भाव्य कारणहरू हुन्।”

महाशाखाका निर्देशक सिलवालका अनुसार ५–९ र १०–१४ वर्ष उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थित हुने दर ९१ प्रतिशत छ। समग्रमा उमेर र तह बढ्दै जाँदा विद्यालय/क्याम्पस छोड्ने दर पनि बढ्दै गएको उनले बताए। यसले कर्णालीको शैक्षिक पहुँच र पूर्वाधारको अवस्था कमजोर छ भन्ने स्पष्ट पार्ने उहाँको भनाइ छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपनिर्देशक एवं तथ्याङ्क अधिकारी डा शरद्कुमार शर्माले राष्ट्रियस्तरमा पाँच दशमवल ११ प्रतिशत बालबालिका कहिल्यै पनि विद्यालय नजाने तथ्याङ्क रहेको जानकारी दिए। उनका अनुसार अनुपातका हिसाबले राष्ट्रिय औसतभन्दा तीन गुणा बढी मधेसमा १३ दशमलव ६१ प्रतिशत बालबालिका विद्यालयबाहिर छन्।

त्यस्तै, लुम्बिनीमा तीन दशमलव ५०, कोशीमा दुई दशमलव ८६, कर्णालीमा दुई दशमलव ५६, सुदूरपश्चिममा दुई दशमलव ५१ र बागमतीमा एक दशमलव ६४ प्रतिशत बालबालिका विद्यालय रहेका उनले जानकारी दिए। गण्डकी प्रदेशमा सबैभन्दा कम एक दशमलव शून्य दुई प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका उपनिर्देशक डा शर्माले बताए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार