काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि पटक–भेला तथा जुलुस नगन आग्रह गएिको भएपनि आग्रहको बेवास्ता गरेकाले संक्रमण झनै ब्यापक बनिरहेको भन्दै चिन्ता ब्यक्त गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा भेलामा गएका युवा/युवतीहरुका कारण घरमा रहेका बृद्धबृद्धा तथा दीर्घ रोगीहरु झनै समस्यामा परेको बताए ।
प्रवक्ता गौतमले घनाबस्ती भएका शहरहरुमा संक्रमणको बढ्दो अवस्था भएकाले ६० बर्ष पुगेका ब्याक्तिहरुलाइ घर बाहिर ननिस्किन आग्रह गरेका छन् ।
साथै क्यानसर, मृगौलाको डायलासिस गराइरहेका, स्वासप्रश्वास तथा फोक्सोको समस्या भएकाहरुलाइ पनि केही दिन घरमै बस्न साथै घर बाहिर निस्किनै परे मास्क तथा स्यानीटाइजरको प्रयोग गर्न तथा २ मिटरको दूरी कायम गर्न आग्रह गरेका छन् ।
२४ घण्टामा मात्रै नेपालमा २ हजार २० जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया