फागुण ६, २०८२ बुधबार February 18, 2026

इङलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटीसँग उल्भ्स २-० गोल अन्तरले पराजित

रेलिगेसनको खतराबाट बाहिर निस्कने गरी खेल प्रदर्शन जारी राख्दै वेस्टह्याम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा म्यान्चेस्टर सिटीले पुछारमा रहेको उल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

यो जितसँगै सिटीले लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंक दूरी ४ मा झारेको छ । सिटीको २३ खेलबाट ४६ अंक भएको छ भने पहिलो स्थानमा रहेको आर्सनलको २२ खेबाट ५० अंक छ ।

सिटीका फर्वार्ड अर्लिङ हालान्ड बेगर मैदानमा उत्रेको सिटीका लागि ओमार मारमाउस र एन्टोन सेमेन्योले गोल गरेका थिए । सिटीको गृह मैदान एतिहादमा भएको यस खेलमा सिटीले बललाई ६७ प्रतिशत बढी आफ्नो नियन्त्रणमा राखेर उल्भ्समाथि निरन्तर दबाब दिएको थियो ।

यस हारपछि उल्भ्सले यस सिजन २३ खेलबाट ८ अंक मात्र जोडेर रेलिगेसन जोनमा फसेको छ । उता, वेस्टह्याम भने रेलिगेसनको खतराबाट बाहिर निस्कने गरी खेल प्रदर्शन जारी राखेको छ ।

यसैगरी, शनिवार भएका अन्य खेलहरुमा फूलह्यामले ब्राइटनलाई २१ र वेस्टह्यामले सन्डरल्यान्डलाई ३१ गोल अन्तरले हराएको थियो भने बर्नली र टोटनह्यामबीचको खेल ११ को बराबरी सकिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार