फागुण ६, २०८२ बुधबार February 18, 2026

चार करोडमा प्रभा माविको १६ कोठे भवन निर्माण

इलेक्ट्रिकल इन्जिनियरिङ विषयको पठनपाठनका लागि नयाँ भवन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन निर्माण भएको छ । संघीय सरकारको करिब रु चार करोड अनुदानमा अन्नपूर्ण गाउँपालिकाले तीनतले भवन निर्माण गरेको छ ।  निर्माण कम्पनीले २०८० सालमा रु तीन करोड ८४ लाख १८ हजार ९०७ मा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले निर्धारित समय २०८२ पुस महिनाभित्रै भवन निर्माण सकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिए। भूकम्पप्रतिरोधी क्षमताको भवनमा १६ वटा कोठा छन् । आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारले शिषेष अनुदान शीर्षकमा बजेट विनियोजन गर्न छुटाएपछि रोकिएको निर्माणकार्यलाई चालु आवमा बाँकी रु एक करोड ८४ लाख विनियोजन भएपछि पूर्णता पाएको अध्यक्ष गुरुङले बताए।

निर्धारित समयमै भवन निर्माण सकिए पनि सरकारले बजेट निकासा नदिएकाले व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् । हालसम्म रु दुई करोड बजेट खर्च भएको योजनाका लागि चालु आवमा विनियोजन भएको बजेट निकासाप्राप्त भएको छैन ।

प्रभा माविमा सञ्चालित इलेक्ट्रिकल इन्जिनियरिङ विषयको पठनपाठनका लागि नयाँ भवन निर्माण भएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा एक सय ६५ विद्यार्थी छन् । नयाँ भवन निर्माण भएपछि पठनपाठन सहज भएको प्रअ दुर्गालाल रोकाले बताए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार